समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षीय गबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रममा ‘एमसीसी’ बारे केही उल्लेख नगरेको भन्दै टिप्पणी गर्नुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले सत्ताक्षीय गठबन्धनले ल्याएको कार्यक्रममा साना र मसिना कुरामात्रै राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमसीसीको बारेमा कार्यक्रममा केही लेखिएको छैन, एमसीसी बिर्सिनुभएको कि क्या हो? मैले त कतै देखिनँ । यसबारेमा केही लेखिएको छैन कहीँ। अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेर मेरै क्लिप खोजेर पास गराउन वातावरण बनाउने?’
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले एमसीसी बिर्सनु भयो कि क्या हो रु मैले देखिनँ कतै, नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’ प्रधानमन्त्रीले एमसीसीका बारेमा भ्रष्ट भन्नुपर्ने ओलीको माग थियो।
ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी समेत गर्नुभयो।
पुर्वप्रधानमन्त्री समेत रहनु भएको ओलीले आफू असाधारण जनमतका साथ फेरि सत्तामा आउने घोषणा गर्दै भन्नुभयो,‘म झ्यालबाट होईन, मूल ढोकाबाट फेरि आउनेछु । नेपाली जनताले मेरो काम हेरेर मत दिएका हुन्।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology