• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आज र भोली जोन्सन एण्ड जोन्सन खोप दिईने

खोटाङमा आज र भोली जोन्सन एण्ड जोन्सन खोप दिईने


समायोजन खबर
  • सोमबार, साउन २५ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, आज र भोली खोटाङमा ५० वर्ष माथिकालाई जोन्सन एण्ड जोन्सन खोप दिईने भएकोे छ। दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वटा स्वास्थ्य संस्थावाट खोप दिईन लागिएको हो।

    सात हजार पाँच सय डोज जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुह र खोप उपलब्धताको आधारमा कोभिड १९ विरुद्ध खोप लगाउन बाँकी सबै नागरिकलाई खोप दिईने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देल बताए।

    बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप दिईने छ। खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण पत्र, सो नभएमा गाउँपालिका, वडाबाट उमेर प्रमाणित हुने कागजात तथा खोप अनिवार्य गरेको देशमा जाने नागरिकले पासपोर्ट र भिसाको आधारमा खोप केन्द्रमा पुगेर खोप लगाउन सक्नेछन्। जोन्सन एण्ड जोन्सन खोप एक डोज लगाए पुग्ने स्वास्थ्य मापदण्ड छ।
    सम्बन्धित समाचार : खोटाङमा ३३ सय बढीले लगाए कोरोना विरुद्धको दुबै खोप

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology