समायोजन खबर खोटाङ, खोटाङमा कोरोना भाईरस विरुद्धको दुबै मात्राको खोप तीन हजार बढीले लगाएका छन्। विभिन्न समयमा आयोजना गरिएको खोप शिविरमार्फत तीन हजार तीन सय ७७ जनाले कोरोना विरुद्धको दुबै मात्राको खोप लगाएका हुन्।
दुई नगरपालिका, आठ गाउँपालिकाको ७९ वटा स्वास्थ्य केन्द्रबाट कोभिशिल्ड र भेरोसेल खोप गरी हालसम्म दुबै मात्राको खोप ३ हजार ३७७ जनाले लगाएको र पहिलो मात्राको खोप २६ हजार ७४६ जनाले लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए।
यस्तै, साउन २५ र २६ गते ५० वर्ष माथिका नागरिकलाई ७९ वटै स्वास्थ्य संस्थावाट जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ। सात हजार पाँच सय डोज जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुहलाई, खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई र खोप उपलब्धताको आधारमा कोभिड १९ विरुद्ध खोप लगाउन बाँकी सबै नागरिकलाई खोप दिईने प्रमुख सिग्देल बताए।
यसैविच, हालसम्म जिल्लाभर दुई हजार ४१६ जनामा कोरोना संक्रमण पूष्टि हुंदा दुई हजार १२७ जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार ३६८ जना कोरोनाका संक्रिय संक्रमित छन्। ११ जनाको अहिलेसम्म कोरोनाबाट मृत्यु भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology