समायोजन खबर खोटाङ, गृहमन्त्री बालकृष्ण खाणले तुइन भएको ठाउँमा तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्नै अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह प्रवक्ता फणीन्द्रमणि पोखरेललगायतको उपस्थिति रहेको थियो।
शुक्रबार महाकाली नदीमाथि रहेको तुइन तर्नेक्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकालीमा बेपत्ता छन्। उक्त घटनापछि गृहमन्त्री खाणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन्। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइनमुक्त घोषणा गरिसकेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology