• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोले अवरुद्ध भिरपानी-पिङडाँडा सडक खुलाउन सुरु

पहिरोले अवरुद्ध भिरपानी-पिङडाँडा सडक खुलाउन सुरु


समायोजन खबर
  • शुक्रबार, साउन १५ २०७८

  • स्तरोन्नती गरिएको भिरपानी सडक।

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अविरल वर्षाका कारण पहिरो झरेर अवरुद्ध भएको भिरपानी-पिङडाँडा सडक खुलाउन सुरु गरेको छ। ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको शुक्रबारे पिङडाँडाबाट रावाबेशी गाउँपालिका–५ दुवेकोलको सिमाना भिरपानी सडक अन्तर्गत भिरपानीको पहिरो खुलाउन सुरु गरेको हो।

    हप्तादिन अघि आएको भारी वर्षाका कारण ठूल्ठूला ढुंगासहित झरेको पहिरो ठेक्कामाफर्त खुलाउन सुरु गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए। अध्यक्ष निरौलाका अनुसार करीब चार लाख बजेट खर्चेर बिहीबारबाट पहिरो हटाउने काम भईरहेको छ। पहिरो हटाउन अझै २/३ दिन लाग्ने उनको भनाई छ।

    यस्तै, वर्षाका कारण भर्खरै निर्माण भएको सोही सडकको मेसिनरी वाल पनि भत्किएको छ। भत्किएको मेसिनरी वाल पिङडाँडा–भिरपानी सडक स्तरोन्नती गर्ने निर्माण कम्पनीले पुनःनिर्माण गर्नेछ। गाउँपालिकाको दुई करोड ४० लाख बजेटमा गत वर्षको पुसबाट थालनी गरेर जेठमा ५ किलोमिटर सडक रुजन–तुवाचुङ ज्वइन्ट भेन्चरमा तुवाचुङ कन्ट्रक्सनले स्तरोन्नती गरेको थियो।

    पहिरो झरेर भिरपानी–पिङडाँडा सडक अवरुद्ध भएपछि गाउँपालिकाको केन्द्र पुग्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। डुम्रे–ज्यामिरे–सल्ले र जालपा–माक्पा सडक प्रयोग गरेर गाउँपालिकाको केन्द्र पुग्न सकिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology