समायोजन खबर खोटाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले २७ लाख बढी राजस्व संकलन गरेको छ। सवारी नियम उल्लंघन गर्ने दुई पाङग्रे तथा चार पाङग्रे सवारी साधनलाई कारवाही गरेर गत आर्थिक वर्षमा २७ लाख ७६ हजार राजस्व संकलन गरेको हो।
गएको आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ३ सय वटा सवारी साधनलाई कारवाही गरेर उक्त राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख तिलक पौडेलले बताए। पौडेलका अनुसार सबैभन्दा बढी राजस्व मोटरसाईकलबाट १० लाख ७२ हजार संकलन भएको छ।
सवारी नियम उल्लंघन गर्ने ट्रकबाट ६ लाख ६१ हजार, ट्रिफरबाट ५० हजार, बसबाट ६९ हजार ५ सय, जिप/कार/भेनबाट ५९ हजार ५ सय, ट्याक्टरबाट २ लाख ३७ हजार, अटो टेम्पोबाट ६४ हजार र अन्यबाट २७ हजार ५ सय राजस्व संकलन भएको छ। संकलित राजस्व जिल्ला प्रहरी कार्यालयको बैंक खातामार्फत विभागमा जम्मा गरिएको छ।
यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घट्नामा परी १४ जनाको मृत्यु भएको छ । ११ जना पुरुष, २ जना महिला, १ जना बालकको सवारी दुर्घट्नामा मृत्यु भएको हो । यसैगरी, १६ जना पुरुष, १८ जना महिला र २ जना बालकगरी ३६ जना गम्भीर घाईते तथा ३४ जना साधरण घाईते भएका थिए ।
यसैगरी, गत आर्थिक वर्षमा ३ वटा बस, ६ वटा जिप/कार, ११ वटा ट्याक्टर, ३ वटा टेम्पो र ९ वटा मोटरसाईकल दुर्घट्ना भएको ट्राफिक प्रहरी प्रमुख पौडेलले बताए । उनका अनुसार सार्वजनिक विदामा बिना पास चलाईएका दर्जनौ सरकारी सवारी साधनलाई पनि कारवाही गरिएको छ।
ट्राफिक प्रहरीलाई कार्यालयकै समस्या
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको आफ्नै कार्यालय भवन नहुंदा दैनिक सेवा प्रवाहमा समस्यै समस्या हुने गरेको छ। अन्य कार्यालयहरु झै ट्राफिक प्रहरीको कार्यालय हुनुपर्ने भए पनि खोटाङमा ट्राफिक प्रहरीको कार्यालय छैन।
आफ्नौ कार्यालय नहुंदा सामुदायिक सेवा प्रहरी केन्द्रसँग रत्नपार्कमा सहकार्य गरेर भाडाको घरबाट कार्यालयको काम दुःखले गर्नु परिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख तिलक पौडेलले बताए।
ट्राफिक प्रहरीलाई आफ्नै भवन हुनुपर्छ, प्रशस्त पार्किङको व्यवस्था हुनुपर्छ। आफ्नै भवन र कार्यालय नहुंदा सवारी कारवाही प्रक्रिया प्रभावित भईरहेको छ। ट्राफिक प्रहरी प्रमुख पौडेलले भने ‘कतिपय गम्भीर प्रकृतिका दुर्घट्ना हुन्छ। त्यसलाई राखेर सोधपुछ आवश्यक कारवाही गर्नुपर्ने हुन्छ तर, व्यवस्थित कार्यालय र सवारी साधन राख्ने ठाउँ नहुंदा त्यतिकै छोड्नुपर्ने वाध्यता छ।
यो पनि पढ्नुहोस :सरकारी सवारी साधन दुरुपयोग गर्नेमाथि प्रहरीकोे कडाई
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology