• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारी सवारी साधन दुरुपयोग गर्नेमाथि प्रहरीकोे कडाई

सरकारी सवारी साधन दुरुपयोग गर्नेमाथि प्रहरीकोे कडाई


समायोजन खबर
  • आइतबार, साउन १० २०७८

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा प्रहरीले ९ साउनमा, दुरुपयोग भएको सरकारी सवारी साधनसहित व्यक्तिहरुलाई हलेसी आसपासबाट नियन्त्रणमा लियो। सार्वजनिक विदा(शनिबार) दुरुपयोग भईरहेको एक वटा स्कार्पियो गाडी र दुई वटा मोटरसाईकलसहित दुरुपयोग गर्नेलाई नियन्त्रणमा लिएको हो।

    ईलाका प्रहरी कार्यालय हलेसी र हलेसी ट्राफिक प्रहरीबाट खटिएको टोलीले मोरङको धनपाल गाउँपालिकाको को १ झ ५४१ नम्बरको स्कार्पियो गाडी, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको प्रदेश नम्बर १–००२–००१ ब ३१०९ नम्बरको मोटरसाईकल र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयको प्रदेश नम्ब १–००५–००१ ब ११०१ नम्बरको मोटरसाईकल बिना पास चलाई रहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

    सरकारी सवारी साधन दुरुपयोग गर्नेहरुले अब उप्रान्त सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग नगर्ने शर्त राखेपछि सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी अमर प्रसाद गजमेरले बताए।

    यस्तै, २ असार शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाको को २ ब ९९७ नम्बरको मोटरसाईकल, लोकसेवा आयोग शाखा कार्यालय खोटाङको प्रदेश ३–२–१ ब १५३० नम्बरको मोटरसाईकल, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय खोटाङको बा २ ब ७९७० नम्बरको मोटरसाईकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल वडा कार्यालयको बा २ ब ८१९३ नम्बरको मोटरसाईकल दुरुपयोग भईरहेको अवस्थामा प्रहरी र ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो

    उनीहरुले पनि अब उप्रान्त सार्वजनिक विदामा सरकारी सवारी साधनको दुरुपयोग नगर्ने शर्त राखेपछि सम्झाई बुझाई छाडिएको थियो। २१ असारमा जिल्लामा क्रियाशिल पत्रकार र प्रहरी नायब उपरिक्षकविच जिल्ला प्रहरी कार्यालयमा भएको परिचयात्मक कार्यक्रममा सार्वजनिक विदामा सरकारी सवारी साधन व्यापक दुरुपयोग भईरहेको विषय उठेको थियो। सरकारी सवारी साधनको दुरुपयोग घटाउन प्रहरीलाई अलर्टमा राख्ने प्रनाउ उमेश लम्सालले बताएका थिए।

    प्रहरी र ट्राफिक प्रहरीको आँखा छलेर अझै पनि सार्वजनिक विदामा सरकारी सवारी साधनको व्यापक दुरुपयोग भईरहेको छ। सार्वजनिक विदाका दिन जिल्लामा सरकारी मोटरसाइकल तथा गाडीहरु ससुराली आउजाउ गर्न, श्रीमती छोराछोरी बोक्न/घुमाउन, प्रेमिका घुमाउन, राजनीतिक पार्टीको नेता कार्यकर्ता बोक्न, क्याम्पस जान, मोटरसाईकल चलाउन सिक्न, बजारमा किनमेल गर्न जान, गाईवस्तुको घाँस बोक्न, खेतीपातीको काम गर्न, कुटानीपिसानीका लागि मिलसम्म जान आउन जस्ता कार्यमा दुरुपयोग हुने गरेको छ।
    सम्बन्धित समाचार :सार्वजनिक विदामा दुरुपयोग भएका सरकारी सवारी साधन नियन्त्रणमा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology