• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओली केही नरम,तर घोचपेच उस्तै, नेपाललाई हरियो सर्पको संज्ञा

ओली केही नरम,तर घोचपेच उस्तै, नेपाललाई हरियो सर्पको संज्ञा


समायोजन खबर
  • सोमबार, साउन ११ २०७८

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

    समायोजन खबर खोटाङ, एमाले पार्टीले नेतृत्व गरेको सरकार ढालेर गबठन्धनमा सामेल भएको भन्दै नेता माधवकुमार नेपालको चर्को आलोचना गर्दै आउनुभएका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय केही नरम देखिनुभएको छ। ओलीले नेता नेपाल पक्षहरू आफ्नो गल्ती स्वीकार गरी पार्टीमा आए माफी दिने बताउनुभएको थियो। तर, आइतबार भने उहाँ केही नरम बन्नुभएको छ।

    नेता नेपालले ओलीको उक्त अभिव्यक्तिलाई महाराजधिराजको संज्ञा दिएपछि ओलीले गल्ती गर्नेलाई कारबाही र माफी गर्ने काम आफ्नो नभई पार्टीको भएको बताउनुभयो।

    अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘माधव नेपाललाई माफी दिने म को हुँ? दिए पार्टीले दिन्छ ।’

    उहाँले पार्टी एकताका लागि प्रयास जारी रहे पनि नेताहरू गठबन्धनको बैठकमा सहभागी हुनु उचित नभएको बताउनुभयो।

    ओलीले पार्टीभित्रकै नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टी फुटको अवस्थामा पुगेको पनि बताउनुभयो। उहाँले नेपाली राजनीतिमाथि दीर्घकालीन असर पार्ने गरी संविधानको व्याख्या भएको उल्लेख गर्नुहुँदै परमादेशमार्फ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा विदेशी शक्तिको पनि दबाब रहेको बताउनुभयो।

    उहाँले नेता नेपाललाई हरियो सर्पको संज्ञासमेत दिनुभयो। नेता नेपालले पार्टीमा पनि परित्याग नगर्ने र पार्टीभित्रै रहेर षड्यन्त्र गरिरहेको उहाँको आरोप थियो। उहाँले भन्नुभयो, ‘घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौं।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology