समायोजन खबर खोटाङ, खोटाङमा सार्वजनिक विदामा दुरुपयोग भएका दईवटा सरकारी सवारी साधन(मोटरसाइकल) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आईतबार फागु पुर्णिमा होलीको दिन दिक्तेलबजारमा दुरुपयोग भएका मोटरसाइकल नियन्त्रणमा लिएको हो।
साकेला गाउँपालिकाको स १ ब १३७६ नम्बरको मोटरसाइकल र संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको को १ ब १३९६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलका प्रमुख तिलक पौडेलले जानकारी दिए।
साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले प्रयोग गर्ने मोटरसाइकल उनका भतिज भुवन मगरले मादक पदार्थ सेवन गरी दिक्तेलबजारमा दुरुपयोग गरेको पाईएको ट्राफिक प्रहरी प्रमुख पौडेलले बताए । संखुवासभाको भोटखोला गाउँपालिकाको मोटरसाइकल सो गाउँपालिकाका आईटी अफिसरले हलेसी दर्शनका लागि लिएर आएको बुझिएको छ । उनले होलीका दिन दिक्तेलबजारमा सवारी साधनको दुरुपयोग गरेको हो । दुवै मोटरसाईकल ट्राफिक प्रहरीको नियन्त्रणमा छ।
जिल्लामा कर्मचारी र जनप्रतिनिधिबाट पटक–पटक सरकारी साधनको चरम दुरुपयोग हुंदै आएको छ । सार्वजनिक विदामा उनीहरुले आफू अनुकुलको सरकारी साधन आफ्ना पारिवारीक सदस्य, छिमेकी, गलफ्रेण्ड, कार्यकर्ता, शनिबार हटियाबाट घरायसी सामान बोक्न, घाँस बोक्न र क्याम्पस जान आउन प्रयोग गरेको पाइएको छ ।
विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाउने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्छ । तर कसैले त्यसो गरेको पाईन्दैन । सरकारी सवारी साधनको चरम दुरुपयोग भएपछि ट्राफिक प्रहरीले सरकारी सवारी साधनमाथि बिशेष निगरानी बढाएको छ ।
मापसे गरी होहल्ला गर्ने पक्राउ
होलीका दिन मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने र सुरक्षाकर्मीलाई हातपातको प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका सुरेश दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले मापसे गरी मोटरसाइकल चलाएको र मापसे गरेर साधन नचलाउन अनुरोध गर्दा होहल्ला गरेको तथा सुरक्षाकर्मीलाई हातपातको प्रयास गरेकाले दिक्तेलबजारको रत्नपार्कबाट उनले प्रयोग गरेको प्रदेश १–०५–००१ प २३२९ नम्बरको मोटरसाइलसहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology