समायोजन खबर खोटाङ, आज र भोलि हिजो-अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय क्षेत्र वायुमण्डलबाट केही तलतिर सरेकाले पानी कम पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताए।
उनका अनुसार मनसुनको न्यूनचापीय क्षेत्र तलतिर सर्दा नेपालमा कम र भारतमा धेरै पानी पर्ने हुन्छ। तर यसले मात्रै मनुसुनी गतिविधिलाई निर्धारण भने नगर्ने मौसमविद्ले बताएका छन्। आज भन्दा भोलि अझ मौसम खुल्ने सम्भावना छ। लगातार झरी नपरे पनि हल्कादेखि मध्यम खालको वर्षा भने हुने मौसमविद् सजिना शाक्यले बताए।
उनका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ।
काठमाण्डौ उपत्यकामा दिउँसो पछि हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ। एक दुई दिन लगातार झरी नपरे पनि यस अघिकै वर्षाले जमिन गलिसकेकाले हल्का पानी पर्दा पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology