• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप सांसद आफ्नो पक्षमा आउने नेपाल समूहको दाबी,ओलीको स्पष्टीकरण मिडिया खपत मात्रै

थप सांसद आफ्नो पक्षमा आउने नेपाल समूहको दाबी,ओलीको स्पष्टीकरण मिडिया खपत मात्रै


समायोजन खबर
  • मंगलबार, साउन ५ २०७८

  • माधवकुमार नेपाल।

    समायोजन खबर खोटाङ, नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ। नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेको बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो।

    आफूहरूको माग र मुद्दा जनमत र सर्वोच्चले पनि सही साबित गरिदिएको, आफूहरू झनै बलियो भएको र सत्यको बाटोमा हिँडेको पुष्टि भएको नेता विरोध खतिवडाले जानकारी दिनुभयो। आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आएको र आफूहरूलाई कतैबाट पनि स्पष्टीकरणको पत्र नआएको उहाँले बताउनुभयो।

    यस्तै सांसद मेटमणि चौधरीले केही सांसद र नेताले नयाँ पार्टी गठनको सुझाव दिएको र कानुन र संविधानअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा तयारी थालिने बताउनुभयो। अबको १५र२० दिनभित्रै आफूहरू केन्द्रीय कमिटी र संसदीय समितिमा बहुमतमा पुग्ने र केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएर एमालेलाई नयाँ संरचनाबाट एकताबद्ध बनाउने विषयमा पनि बैठकमा छलफल भएको सांसद चौधरीले जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology