समायोजन खबर खोटाङ, खोटाङको हलेसी महादेव मन्दिरमा २३ दिनमा १४ लाख ३७ हजार बढी भेटीघाटी संकलन भएको छ। हलेसी महादेव शिव पार्वती थान, दानपेटिका, बसाह गुफा, गणेश मन्दिर, रुद्री पुराण, कवाडी सामान विक्री लगायत गरी १४ लाख ३७ हजार ८७६ रुपैयाँ भेटीघाटी संकलन भएको हो।
२०७७ चैत २४ गतेदेखि २०७८ बैशाख १५ गतेसम्म उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । राईका अनुसार शिव पार्वती थानमा ९ लाख ८४ हजार ६४० रुपैयाँ, मन्दिरको प्राङगणमा रहेको दानपेटिकामा ८८ हजार ४४०, बसाह गुफाको दानपेटिकामा ३८ हजार ४८०, गणेश मन्दिरको दानपेटिकामा ४९ हजार १ सय रुपैयाँ भेटीघाटी संकलन भएको छ।
यस्तै, रुद्री पुराण लगायत अन्य सहयोगमा २ लाख १४ हजार ११६, ढ्याके साटेको १२ हजार ६ सय, मन्दिरमा रहेका फलामको स–साना त्रिशुलका टुक्राहरु साथै संरचना निर्माणका क्रममा निक्लिएका पुनः प्रयोगमा नआउने फलामका टुक्राहरु कवाडीलाई विक्री गरे वापत ५० हजार ५ सय रुपैयाँ भेटीघाटी संकलन भएको छ। भारतीय रुपैयाँ ४ हजार ३४०, २५५ ग्राम चाँदि र ३.३ ग्राम सुन श्रद्धालु भक्तजनले चढाएका छन्।
भेटी गणना, अतिथि, खाजा, विजुली पानी लगायतमा अन्यमा २ लाख ३५ अजार ४६ रुपैयाँ खर्च भएकोे र बाँकी १२ लाख १२ हजार ८३० रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापनको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले बताए।
मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यन्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ । भेटीघाटीमा दुरुपयोग हुन नदिन मन्दिर परिसरमा सीसी क्यामेरा राखिएको छ।
संकलन भएको भेटी गन्न सीसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एक÷एक जना प्रतिनिधि राखिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए।
भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरुलाई बैकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाईएको नगरप्रमुख राईको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology