• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुजेल भाषा संस्कार संस्कृति सम्बन्धी चार दिने प्रशिक्षण सम्पन्न

भुजेल भाषा संस्कार संस्कृति सम्बन्धी चार दिने प्रशिक्षण सम्पन्न


समायोजन खबर
  • शुक्रबार, असार २५ २०७८

  • उमेश भुजेल खोटाङ, खोटाङको साकेला गाउँपालिकामा भुजेल भाषा संस्कार–संकृति (पुजारामे) को चारदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भुजेल भाष संस्कार–संकृति पहिचान गरी जिल्लामा भुजेल भाषा संस्कार–संस्कृतिलाई जिल्ला भित्र्र्याउने उद्देश्यका साथ पुजारामेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    भुजेल समाज सेवा खोटाङको सहजीकरण, भुजेल समाज सेवा साकेला गाउँपालिकाको आयोजना र साकेला गाउँपालिका खोटाङको आर्थिक सहयोगमा पुजारामे प्रशिक्षण कार्यक्रम गरिएको भुजेल समाज सेवा साकेला गाउँपालिका संस्कार–संस्कृति संरक्षण संयोजक प्रजा कुमार भुजेलले जानकारी दिए ।

    जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ तर भुजेल भाषा, संस्कार–संस्कृति छ भन्ने भुजेललाई नै थाहा छैन, त्यसैले पनि हामीले आफ्नो भाषा संस्कार सस्कृती पहिचान गरि जिल्लामा भुजेल सस्कार भित्र्याउनको लागि र अन्य गैर भुजेललाई आफ्नो संस्कार–संस्कृति देखाउनको लागि यस कार्यक्रमको आयोजना गरेको कृति संरक्षण संयोजक प्रजा कुमार भुजेलले बताए।

    प्रशिक्षण कार्याक्रममा भुजेलहरुको जन्म संस्कार, विवाहमा सस्कार, मृत्यु संस्कार लागायतका जन्म देखी मृत्युसम्मका संस्कारहरूको विषयमा प्रशिक्षण दिइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र तेह्रथुम जिल्लाका ७ जनाले प्रशिक्षणमा भाग लिएका थिए ।

    भुजेल भाषा संस्कार–संस्कृति नेपालका हरेक भुजेलहरुको घर घरमा पुराउनु पर्ने प्रशिक्षक तथा भुजेल संस्कार–संस्कृति संरक्षकका केन्द्रिय सदस्य सुनसरी निवासी वाल कुमार भुजेलले बताईन् ।

    भुजेल भाषा र संस्कृति खोज र अनुसन्धान गर्न आफू पनि लागी परिरहेको आफ्नै ठाउँमा पुजारामेको प्रशिक्षण लिन पाउँदा अत्यान्त हर्षित भएको र प्रशिक्षणबाट सिकेको कुरालाई व्यबाहरमा लागू गर्ने प्रशिक्षार्थी प्रकाश कुमार भुजेलले बताए ।

    भुजेल भाषा संस्कार–संस्कृति आफ्नै भएकाले यसको खोज तथा अनुसन्धानमा गर्न भुजेलहरु आफै सकृय भएर लाग्नुपर्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताए । हाम्रो देश बहुभाषा बहु संस्कृति भएको देश हो त्यसैले सबैले आआफ्नै संस्कार संस्कृति संरक्षण गर्नुपर्छ । अध्यक्ष खड्काले भने यसको लागी साकेला गाउँपालिकाले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नेछ ।

    जातीय भाषा संस्कारलाई संरक्षण र प्रर्वद्धनमा साकेला गाउँपालिकाले चासो देखाएको भन्दै गाउँपालिकाको यो चासोलाई उच्च सम्मान गर्नुपर्ने भुजेल समाज सेवा साकेला गाउँपालिका अध्यक्ष कुमार सिंह भुजेलले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology