• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन जिल्लामा अवरुद्ध विधुत साँझबाट सञ्चालन

तीन जिल्लामा अवरुद्ध विधुत साँझबाट सञ्चालन


समायोजन खबर
  • बिहिबार, असार २४ २०७८

  • चपन जंगलमा रुख ढलेर लतारिएको तार हेर्दै कामदार ।

    समायोजन खबर खोटाङ,उदयपुरको चपन जंगलमा रुख ढलेर पोल ढाल्दा माथिल्लो तीन जिल्लामा अवरुद्ध भएको विधुत बिहीबार साँझबाट सञ्चालनमा आएको छ।

    लगातारको वर्षाले जमिन गलेर रुख ढलेर ५ वटा पोल ढाल्दा बिहीबार बिहान ११ : ४५ बजेबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विधुत सेवा अवरुद्ध भएको थियो।

    रसुवाघाटबाट २ जना प्राविधकि र गाईघाट केन्द्रबाट खटेका प्राविधिकहरुले विधुत मर्मत गरेपछि साँझ ७ : ४० पछि बत्ती सुचारु भएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताए। ५ वटा पोल ढल्दा तार चुडिएको, अन्य पोलहरुमा क्षति पुगेको, डिसपिनहरु फुटेको र एङगल भाँचिएको थियो।

    लामो रुट हुंदै विधुत प्रसारण भएको र अधिकांश रुट जंगलै जंगलमा पर्ने भएकाले बर्खामा धेरै बाढी, पहिरो जाने र कतिपय अवस्थामा जमिन गलेर पूराना रुखहरु नै ढल्दा विधुतको पोल ढाल्ने, तार चुडाईदिने गरेको छ।

    यसैविच, विधुत प्राधिकरणले लकडाउन अवधिको विधुत महशुलमा जरिवाना नलिने निर्णय गरेको छ। लकडाउनमा कार्यालय नै बन्द भएको, कोरोना त्रासका कारण सेवाग्राहीले महशुल तिर्न नसक्दाको समस्यालाई ध्यानमा राखेर २९ असारसम्म लकडाउन अवधिको विधुत महशुल बुझाएमा जरिवाना नलाग्ने प्राधिकरणले जनाएको छ।
    विचमा कोही कसै ग्राहकले जरिवाना सहित महशुल बुझाएको भए जरिवाना वापतको रकम स्टकमा रहने र अर्को महिनामा मिलान हुने जनाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology