• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमालेमा लगातार बैठक नै बैठक, समाधान होला त विवाद ?

एमालेमा लगातार बैठक नै बैठक, समाधान होला त विवाद ?


समायोजन खबर
  • बुधबार, असार २३ २०७८

  • फाईल तस्विर।

    समायोजन खबर, नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सकारात्मक ढंगले अघि बढेको छ।
    पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु आज सिंहदरबारमा छलफलमा जुटेका थिए।

    बैठक सकारात्मक भएको कार्यदलका सदस्य रघुजी पन्तले बताए। बैठक सहमति उन्मुख छ। सहमति भएको छैनु, उनले भने। तीन दिनदेखि एमाले कार्यदलको बैठक निरन्तर बसिरहेको छ।

    मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन्।

    वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।

    सांसदहरुले हस्ताक्षर फिर्ता लिए प्रतिनिधिसभा पुनर्स्थापित भएको अवस्थामा पनि संसदम आफ्नै पार्टी बलियो हुने र सत्ता तत्काल छोड्नुनपर्ने बुझाइ ओली समूहको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology