• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीगढीको संरक्षण गर्न कार्यदल गठन

हलेसीगढीको संरक्षण गर्न कार्यदल गठन


समायोजन खबर
  • बुधबार, असार २३ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमममा रहेको हलेसीगढीको संरक्षण र संवद्र्धनका लागि कार्यदल गठन भएको छ। दुर्छिमका स्थानीय भूपेन्द्र कुमार राईको संयोजकत्वामा ५ सदस्यीय कार्यदल गठन भएको हो।

    मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख इवन राईको उपस्थितीमा नौ वटा कार्यगत क्षेत्र निर्धारण गरेर कार्यदल गठन भएको हो। कार्यदलले दश महिनासम्म हलेसीगढी सम्बन्धि ऐतिहासिक दस्तावेज एवंम् पुरातात्विक सम्पदा क्षेत्र लगायत नौ वटा कार्यक्षेत्रमा रहेर समग्र हलेसीगढीको अध्ययन अनुसन्धान गर्नेछ।

    हलेसीगढीको संरक्षण संवद्र्धन गर्ने भन्दै यसअघि होलेसुङ समूह गठन भएको थियो । केही व्यक्तिहरु मिलेर हलेसीगढी संरक्षण गर्ने भनेर गठन भएको समूहसँग बैधानिकता, आधिकारीता नभएपछि फलस्वरुप सो समुह बेलाबेला विवादमा आउने गरेको थियो।

    बैधानिकता, आधिकारीता नभएको उक्त संस्थामा आवद्ध व्यक्तिहरु होलेसीगढीका नाममा दलगत, नीजि स्वार्थ पूरा गर्न लागेको, होलेसुङ समुहको दुरुपयोग गरेको भन्दै समूहको संयोजकको रुपमा रहेका भूपेन्द्र कुमार राई बैधानिकता नभएको समूहबाट अलग्गिनु भएको थियो। अलग्गिए पछि नगरपालिकाले उहाँकै संयोजकत्वामा कार्यदल गठन गरेको हो।

    बैधानिकता नभएको होलेसुङ समूहले नै खेलमैदान निर्माण भईरहेको जग्गा हलेसीगढीको भनेको थियो । खेल मैदान बन्दै गरेको जग्गा हलेसीगढीको जग्गा नभएपछि सो समूहभित्र व्यापक खटपट भएको बुझिएको छ। सोही विषयलाई लिएर भूपेन्द्र कुमार र दीपेन्द्र राईले सामाजिक सञ्जाल आ–आफ्नो धारणा राख्दै उक्त समूहबाट अलग्गिएको घोषणा गरेका थिए।

    होलेसुङ समुहलाई आधिकारिक बन्न र गढीलाई समेटेर लिएर जान बारम्बार अनुरोध ग¥यौं उहाँहरुबाट उक्त समुहलाई आधिकारीकता दिने काम भएन। उहाँहरुको आन्तरिक विवादका कारण उक्त समुह आफैं विघटन भएपछि गढीको संरक्षण, प्रवर्धन र विकासको प्रचारप्रसार गर्नको लागि कार्यदल गठन गरिएको नगर प्रमुख राईले बताए। राईको संयोजकत्वमा गठन भएको कार्यदलले आगामी दिनमा सरोकारवालाहरु सबैलाई समेटेर एउटा बृहत कार्य समिति निर्माण गर्नेछ।

    खेलमैदान निर्माण हुंदै गरेको जग्गा हलेसीगढीको भनेर हवला दिनेहरु, पोष्टर टाँस्नेहरु अन्तिममा आएर व्यक्तिगत नीजि नाममा जग्गा ल्याउन सर्वे गराउन लागेको, होलेसुङगढीको नाम बेचेर बेतुकको राजनीति गर्ने गरेको र आफ्नो नीजि स्वार्थ पूरा गर्नमा लालयित भएको स्रोतले बताएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology