• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकाद्धारा ४४ घरलाई सोलार वितरण

केपिलासगढी गाउँपालिकाद्धारा ४४ घरलाई सोलार वितरण


समायोजन खबर
  • मंगलबार, असार २२ २०७८

  • लक्षित घर परिवारका प्रतिनिधिलाई सोलार सेट हस्तान्तरण गरिदैं।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले अति विपन्न र विधुतको पहुंचबाट टाढा रहेका घर परिवारलाई सोलार सेट वितरण गरेको छ। ‘उज्यालो गाउँपालिका’ बनाउने नीति तथा कार्यक्रम अन्तर्गत मंगलबार गाउँपालिकामा एक कार्यक्रम गरी सोलार वितरण गरेको हो।

    बैकल्पिक उर्जाको अनुदान र गाउँपालिकाको ३ लाख वजेटबाट आएको सोलार सेट ४४ घर परिवारलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए। वितरण गरिएका सोलार सेट ५० वाटको हो।

    गाउँपालिका उपाध्यक्ष हिरा कुमारी वन गिरी र प्रमुख प्रशासकीय अधिकृत राईले लक्षित घर परिवारका प्रतिनिधिलाई सोलार सेट हस्तान्तरण गरेका हुन्।

    उज्यालो गाउँपालिका अन्तर्गत अति विपन्न र विधुतको पहुंचबाट टाढा रहेकालाई तत्काल सोलार वितरण गरिएको र आर्थिक अवस्था कमजोर भई विजुली जडान गर्न नसकेका घर परिवारलाई आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले विजुली वत्ती जडान गरिदिने प्रमुख प्रशासकीय अधिकृत राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology