• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपत्यकामा अब सबै सार्वजनिक यातायात चल्ने

उपत्यकामा अब सबै सार्वजनिक यातायात चल्ने


समायोजन खबर
  • आइतबार, असार २० २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ। अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ।

    सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ। चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ। हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्नेछ।

    यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४/४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ। तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ।

    वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोर बिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्ने दिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology