• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहयोग माग्न पुगेका निधिलाई पौडेलको कडा जवाफ पहिला क्रियाशील मिलाउनुस्,अनि कुरा गरौँला

सहयोग माग्न पुगेका निधिलाई पौडेलको कडा जवाफ पहिला क्रियाशील मिलाउनुस्,अनि कुरा गरौँला


समायोजन खबर
  • बुधबार, असार १६ २०७८

  • समायोजन खबर, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिला क्रियाशील सदस्यताको काम सकेपछि मात्रै अरु कुरा गर्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा सहयोग गर्न आग्रह गर्न पुगेका उपसभापति विमलेन्द्र निधिलाई क्रियाशील सदस्यताको विवाद टुंगिएपछि मात्रै कुरा गर्ने बताएका हुन्।

    ‘पहिला क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउनुस्, त्यसपछि मात्रै अन्य विषयमा कुरा हुन्छ। अहिले नै नेतृत्वका विषयमा कुरा नगरौं,’ पौडेलको भनाइ उध्रित गर्दै स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने।

    पौडेलले पार्टी समायोजनका नाममा मनोमानी क्रियाशील सदस्यता वितरण गरेको आरोपसमेत लगाए। उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकालाई प्रक्रिया नपुर्‍याई क्रियाशील सदस्यता दिन नहुँने बताए।

    बुधबार बिहान निधि पौडेल निवास बोहोराटार पुगेका थिए। अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्ने समितिका संयोजकसमेत रहेका निधिलाई पौडेलले पक्रिया पुर्‍याएर मात्रै समायोजन गर्न आग्रह गरेको स्वकीय सचिव अधिकारीले बताए।

    निधि नेतृत्वको समायोजन समितिको सिफारिसमा कांग्रेसले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरूलाई सदस्यता दिएको थियो। त्यो प्रक्रिया नपुर्‍याइ दिइएको पौडेलको भनाइ थियो।

    अहिले भइरहेको क्रियाशील सदस्यता छानबिनमा पनि अन्य पार्टीबाट आएका सदस्यहरूबारे विवाद भइरहेको छ। निधि नेतृत्वको समितिले नेपाल लोकतान्त्रिक फोरमलाई २५ हजार र राप्रपाबाट आएको समूहलाई १० हजार सदस्यता दिन सिफारिस गरेको थियो। कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म कार्यतालिकासहित निर्धारण गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology