• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा छोराले बुवाको हत्या गरेपछि..

खोटाङमा छोराले बुवाको हत्या गरेपछि..


समायोजन खबर
  • आइतबार, असार १३ २०७८

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोटाङमा छोराले बुवाको हत्या गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मामा छोेराले बुवाको धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरका अनुसार आईतबार (आज) बिहान अन्दाजी ४ वजेको समयमा ७५ वर्षीय चन्द्रकुमार राईलाई उनकै छोरा २० वर्षीय सुब्रण राईले धारिलो हतियार प्रयोग गरी घरै नजिक हत्या गरेका हुन्।

    छोराले बुवाको किन हत्या गरेको भनेर कारण खुल्न सकेको छैन। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरी निरीक्षक गजमेरले बताए। बुवाको हत्या गर्ने सुब्रणलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology