• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओलीले नै न्यायलयलाई धम्काउने गरेको प्रचण्डको खुलासा, देउवा प्रधानमन्त्री बन्ने पक्का

ओलीले नै न्यायलयलाई धम्काउने गरेको प्रचण्डको खुलासा, देउवा प्रधानमन्त्री बन्ने पक्का


समायोजन खबर
  • शनिबार, असार १२ २०७८

  • नबनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    समायोजन खबर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्काउने गरेको दाबी गर्नुभएको छ ।

    संघीय संसद भवन नयाँवानेश्वरमा सनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसंग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले महान्यायधीवक्ता मार्फत न्यायलयलाई धम्काउने र थर्काउने काम गरेको दाबी गर्नुभयो । अदालतको फैसला पहिले नै आफुलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफुहरु न्यायलयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो “केपी ओलीले धम्क्याउन थालेका छन् अदालतलाई । थर्काउन थालेका छन् । कहिले महान्यायधीवक्ताबाट, कहिले आफै । मेरो सेटिङ्गमा नेपाल चलेको भए त । सर्वोच्चले संविधान र ऐन कानुनको व्यवस्था अनुसार फैसला गर्छ । लोकतन्त्रका मुल्य मान्यता अनुसार फैसला गर्छ । गर्नुपनि पर्छ । त्यसअनुसार गर्दा हेर्नुहोला केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ भन्छु म । यो सेटिङबाट भनेको हो र मैले ? हेर्नुहोला त्यही हुन्छ भन्छु म । अनि भयो भनेदेखि लौ प्रचण्डले त पहिलेही भनेको थियो । त्यही भयो । यस्तो पनि हुन्छ र लोकतन्त्रमा राजनीतिक स्वतन्त्रतामा ? ”

    आफुले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको दाबी अध्यक्ष दाहालले गर्नुभयो । उहाँले  कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रीमण्डल विस्तार गर्ने अधिकार संविधानले नै दिएको छैन भन्ने आफ्नो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर गलत प्रचार गरेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो “संविधानको मर्म र भावना, ऐन कानुनको व्यवस्था अनुसार केपी पहिले नै कामचलाउ भईसकेका हुन् । कामचलाउले मन्त्रीमण्डल गठन गर्ने नियुक्ति गर्ने प्रचलन नै छैन । मैले बुझेसम्म अदालतले यी मन्त्रीलाई अबैध भन्छ भनेको थिएँ ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology