• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार महासंघद्धारा पत्रकारलाई लोगो अंकित एप्रोन वितण

पत्रकार महासंघद्धारा पत्रकारलाई लोगो अंकित एप्रोन वितण


समायोजन खबर
  • शुक्रबार, असार ११ २०७८

  • वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई एप्रोन वितरण गर्दै पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दिलीप खत्री।

    समायोजन खबर खोटाङ,  नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पत्रकारहरुलाई महासंघको लोगो अंकित एप्रोन वितरण गरेको छ ।

    शुक्रबार महासंघको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी महासंघको सदस्यता प्राप्त गरेका र विभिन्न सञ्चार माध्यममा आवद्ध भएर क्रियाशिल पत्रकारिता गरिरहेका पत्रकारहरुलाई रिपोर्टिङमा सहज होस भनेर एप्रोन वितरण गरिएको महासंघका सह–सचिव चिसाङ शेर्पाले जानकारी दिए।

    महासंघका जिल्ला अध्यक्ष दिलीप खत्रीले वरिष्ठ पत्रकार कृष्ण आचार्य, महासंघका निवर्तमान अध्यक्ष दमन राई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्य, प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई लगायत १६ जना पत्रकारलाई आज एप्रोन वितरण गरेका छन्।

    महासंघको सदस्यता प्राप्त गरेका २६ जना, महासंघको साधरण सदस्य नलिएका तर विभिन्न सञ्चार माध्यममा रहेर क्रियाशिल पत्रकारिता गरिरहेका ४० जना पत्रकारलाई महासंघको लोगो अंकित एप्रोन वितरण गर्ने योजना रहेको महासंघका जिल्ला अध्यक्ष खत्रीले बताए।

    महासंघको एप्रोनको गरिमा र महत्वका वारेमा महासंघका निवर्तमान अध्यक्ष राई र वरिष्ठ पत्रकार आचार्यले प्रष्ट पारेका थिए। महासंघका जिल्ला अध्यक्ष खत्रीले एप्रोनको सहि ठाउँमा सदुपयोग गर्न पत्रकारहरुलाई सुझाव दिएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology