• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना कहर : बैंकमा थेग्नै नसकिने भिड [फोटोफिचर]

कोरोना कहर : बैंकमा थेग्नै नसकिने भिड [फोटोफिचर]


समायोजन खबर
  • आइतबार, असार ६ २०७८

  • कोरोना कहरका विचमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलमा अव्यवस्थित सेवाग्राहीहरुको भिड। तस्विर समायोजन खबर

    समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलमा थेग्नै नसकिने गरी सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ। आईतबार बैंकमा यस्तै अचाक्ली भिड लागेको तस्विर कैद गरिएको छ।
    कोरोना त्रासका कारण हप्तामा तीन दिन(आईतबार, मंगलबार, बिहीबार) बैंक खुल्दा सेवाग्राहीहरुको अचाक्ली भिड लाग्ने गरेको छ। भिडमा न दुरी कायम हुन्छ, न अधिकांश सेवाग्राहीले नाकमुख छोप्ने गरी माक्स नै लगाएका हुन्छन्। यसले जोखिम बढाएको छ।
    कोरोना भाईरसको दोश्रो भेरियन्ट संक्रमणदर समुदायस्तरमा गईसकेको अवस्थामा बैंकमा भने अव्यवस्थित बाक्लो भिड हुन्छ। भिडमा सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरु जोखिममा देखिन्छन्।
    बचत गर्ने, चेक साट्ने भन्दा सुरक्षित नागरिक आवास कार्यक्रम (खरको छाना हटाए जस्तापाता लगाउने)का लागि बैंक खाता खोल्ने सेवाग्राहीका कारण अचाक्ली भिड बढेको जनाईएको छ।
    जानकारहरु भने हप्तामा तिन दिन बैंक खुल्ला गर्ने प्रावधानले झन् भिडभाड बढेको बताउँछन्। त्यसरी भिड हुंदा बृद्धबृद्धा, महिला बढी संक्रामक रोगको जोखिममा हुने गरेका छन्।

    भिडियोमा हेर्नुहोस भिड

    https://www.facebook.com/samayojankhabar/videos/1019181215285707

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology