समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ। संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना कोरोना संक्रमित भेटिएका हुन्।
हाल देशभर ५५ हजार ५३२ सक्रिय संक्रमित छन्। ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology