समायोजन खबर खोटाङ, अहिले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशभर सामान्यदेखि पूर्ण बद्ली रही यी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको एक घण्टामा सबैभन्दा धेरै पानी दैलेखमा परेको छ । दैलेखमा १ घण्टामा १२ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको छ । तर हिजो अस्तिको तुलनामा कम पानी पर्ने अनुमान छ । अहिलेको मौसम खुल्न अझै दुईरतीन लाग्ने तर पानी भने कम पर्ने मौसमविद् अर्यालको भनाइ छ।
अबको २४ घण्टाभित्र प्रदेश(१, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि ठूलो पानी पर्ने भएकाले त्यस प्रदेशका पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology