समायोजन खबर खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाले औषधी पसल बाहेकका सेवाहरु बन्द गराएको छ। कोभिड १९ संक्रमणको दोश्रो लहर गाउँपालिकाको विभिन्न भूभागमा तीव्र गतिमा फैलिरहेकाले ११ असारसम्म औषधी पसल बाहेकका अन्य सेवाहरु बन्द गराएको हो ।
३१ जेठमा बसेको गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले औषधी पसल बाहेकका सम्पूर्ण पसलहरु, संघ/संस्था, शैक्षिक संस्था, होटल व्यवसाय, रेष्टुराँ, गेष्टहाउस ११ असारसम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रदिप राईले जारी गरेको सूचनामा जनाईएको छ।
हाटबजार/मेला, सामाजिक तथा सांस्कृतिक पर्व, भोजभतेर, पुजाआजा, विवाह, व्रतवन्ध, पास्नी लगायतका भिडभाड हुने प्रकृतिका सबै क्रियाकलाप बन्द गर्ने, निर्माण सामग्री ,खाद्यान्न तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधन स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरी चालक र सहचालक मात्र सवार हुने गरी सञ्चालन गर्ने र अत्यावश्यक अवस्थामा बाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गर्ने बैठकले निर्णय गरेको छ।
बाह्य हिडडुल तथा आवतजावत कार्य बन्द गर्ने, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क, पञ्जा, सेनिटाईजर तथा साबुन पानीजस्ता स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने छ।
यस्तै, वित्तीय संघ संस्था तथा सहकारीहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको अनिवार्य पालना गरि आर्थिक कृयाकलाप सञ्चालन गर्न पाईने जनाइएको छ। गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकको निर्णय उल्लंघन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने गाउँपालिका अध्यक्ष राईले बताए।
यो पनि पढ्नुहोस, कोरोना जित्नेको संख्या बढिरहेको छ : अध्यक्ष राई
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology