• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना जित्नेको संख्या बढिरहेको छ : अध्यक्ष राई

कोरोना जित्नेको संख्या बढिरहेको छ : अध्यक्ष राई


समायोजन खबर
  • सोमबार, जेष्ठ ३१ २०७८

  • खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदिप राई। तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा जिल्लाका दुई नगरपालिका, आठ गाउँपालिकाले कुनै पनि कसर बाँकी राखेको छैन। जनप्रतिनिधिले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाएर त, संक्रमितलाई पिठ्युमा बोकेरै अस्पताल लैजानेदेखिका अनेकन कामहरु गरिरहेको पाईन्छ।

    यसैविच, कोरोना भाईरस दोश्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणमा खोटेहाङ गाउँपालिकाले हालसम्म केके ग¥र्यो, केके गर्दैछ लगायत समग्र कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको विषयमा गाउँपालिका अध्यक्ष प्रदिप राईसँग समायोजनखबर डटकमले कुराकानी गरेको छ।
    कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्दै हुनुहुन्छ । के–के गर्नुभयो ?
    गाउँपालिकाले १६ बैशाखमा विपद व्यवस्थापन समितिको वैठक बसेर महत्वपूर्ण निर्णयहरु गरेको थियो। बैदेशिक रोजगारमा गएका र अन्य मुलुकबाट गाउँ आउनेहरुलाई चाँहि क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौ। अन्तर जिल्लाहरुमा बसोबास गर्ने र गाउँ फर्कनेहरुलाई वडाले एक प्रकारको कबुलियत नामा गरेर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौ। यदि कसैको घरमा बस्नको लागि उपर्युक्त वातावरण छैन भने उहाँलाई गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौ।

    एन्टीजेन र पिसिआर परीक्षण दायरा फराकिलो बनाएर परीक्षणको काम निरन्तर गरिरहेका छौ। पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा राख्ने र उहाँसँग नियमित रुपमा सम्पर्क गर्ने, स्टाफ नर्सहरुले मनोपरामर्श दिने, स्वास्थ्य स्थिती बुझ्ने काम गरिरहेका छौ। हरेक वडामा बनेको विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौ, विपद व्यवस्थापन समिति र वडा–वडाका प्रहरीहरु, सरोकारवालाहरुलाई प्रत्येक नागरिकको घर–घरसम्म कोभिड १९ को सन्दर्भमा जनचेतनामूलक खालका कार्यक्रम पु¥याउने, उहाँहरुलाई सचेत, जागरुक बनाउने, कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डहरुको बारेमा जानकारी गराउने कामहरु गरेका छौ। विशेषगरी गाउँपालिकाको नाकाहरु रसुवाघाटमा प्रहरी पोष्ट स्थापना गरेका छौ। खोटाङ र भोजपुरको सिमाना तामाखाम भन्ज्याङमा पनि प्रहरी पोष्ट राखेका छौ। गाउँपालिकाभित्र सबै नागरिक, सरोकारवाला, शिक्षकहरुले कोभिड १९ को सन्दर्भमा सहयोगी हिसाबले काम गरिरहनु भएको छ। उहाँहरुको साथ, सहयोग रहेको छ।
    हाटबजार, पर्वहरु, महत्वपूर्ण चाडवाडमा भेला हुने कुराहरुलाई पालिकाको तर्फबाट निश्चित गरेका छौ। यसमा जनताहरुले साथ दिनुभएको छ, सहयोग दिनुभएको छ। अहिले पनि एन्टीजेन र पिसिआर परीक्षणको दायरालाई फराकिलो बनाएर लैजाने काम गरिरहेका छौ। तीनजना संक्रमित जटिल अवस्थामा पुग्नु भएको थियो। उहाँहरु पनि निको भएर फर्किएको अवस्था छ।
    गाउँपालिकाको स्थिति निषेधाज्ञाकै स्वरुप छ । तर, संक्रमितको संख्या त बढेको बढ्यै छ नि ?
    हामीले निषेधाज्ञा संगसँगै सचेतनामूलक कार्यक्रमहरुलाई पनि तल्लो तहसम्म लगिरहेका छौ। जसले गर्दा पनि यसको राम्रो प्रभाव परिरहेको छ। र, हिजोका दिनहरुमा मौसम पनि रुघामार्कीको मौसम हो, यो केही हैन भन्ने खालको ढंगले पनि धेरै मान्छेले बुझे। जसले गर्दा एन्टीजेन र पिसिआर परीक्षणमा पनि त्यति तदरुकता देखाईएन। चासो राखिएन र हामीले आग्रह गर्दाखेरी पनि यो केही पनि हैन रुघामार्की हो भन्ने हिसाबले बुझियो। जसले गर्दाखेरी त्यतिबेला चाँहि बढेजस्तो थियो। र, अहिले पछिल्लो घट्नाक्रममा हेर्दाखेरी धेरै नै घट्दै,घट्दै गईरहेको छ। निको हुनेको संख्या बढिरहेको छ।
    हिजो सुरुका दिनमा हामीलाई के लाग्यो भने ५ जनामा परीक्षण गर्दा पनि १ जनामा देखिने, १४/१५ जनामा गर्दाखेरी पनि ४/५ जनामा संक्रमण देखिने यसले चाँहि अलिकती बृहत समुदायमा व्यापक रुपमा फैलिसकेको अवस्था हो भन्ने एकप्रकारको त्रास थियो। नियन्त्रण र रोकथाम गर्न के गर्नुपर्ला भनेर नयाँ ढंगले काम गर्नुपर्ने अवस्था थियो। तर, पछिल्लो अवस्थालाई हेर्दा चाँहि नियन्त्रण भईरहेको छ। अहिले २० जनाको परीक्षण गर्दाखेरी १ जनामा संक्रमण देखिने र निको हुने संख्या बढीभन्दा बढी छ।
    होम आईसोलेसनमा बसेका संक्रमितहरुलाई के–के गर्नुभयो ?
    होम आईसोलेसनमा बस्नुभएका जति पनि दाजुभाई, बुबाआमा हुनुहुन्थ्यो उहाँहरुलाई कोभिड अस्पतालको डाक्टर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाका प्रतिनिधिहरु गएर भेट्ने, मनोबल उकास्ने, मनोपरामर्शकर्तालाई पनि संक्रमितलाई भेट गराएर सचेत तथा मनोपरामर्श दिने खालका कामलाई प्राथमिकतामा राख्यौ। अर्कोतिर डाक्टर, नर्सहरुसँग पनि परामर्श गर्ने कामहरु नियमित गरिरहेका छौ। हातमुख नै जोड्ने अवस्था नभएकालाई गाउँपालिकाले सहयोग पनि गरेको छ।
    गाउँपालिकामा राहत वितरण गर्नुपर्ने स्थिति छ कि छैन ?
    असाध्यै निम्नस्तरको हुनुहुन्छ,जो चाँहि आफ्नो पाखुरीबाट मात्रै जिविको निर्वाह गर्ने खालको हुनुहुन्छ त्यस्तोलाई हामीले आन्तरिक रुपबाट नै सहयोग गर्दै आईरहेका छौ। तत्कालै चाँहि राहत वितरण गरिहाल्नुपर्ने अवस्था छैन। निम्नस्तर भएकाहरुलाई सहयोग गर्ने कुरा त भईरहेको छ ।
    एन्टीजेन, पिसिआर परीक्षण र संक्रमितको संख्या के, कति छ ?
    अहिलेसम्मको विवरण हेर्दाखेरी १८१ जनाको एन्टीजेन र १९७ जनाको पिसिआर परीक्षण गरेका छौ। ५८ जना संक्रमित हुनुभएको थियो। संक्रमित दिनदिनै निको भएपछि संक्रिय संक्रमितको संख्या घट्दै गईरहेको छ। अहिलेसम्म २० जना निको भईसकेको अवस्था छ।
    आवश्यक श्रोत साधन, स्वास्थ्यकर्मी, एम्बुलेन्सको स्थिति के छ ?
    हाम्रो अस्थाई कोभिड अस्पताललाई चाँहिने सम्पूर्ण औजार तथा स्वास्थ्य सामग्रीहरुको व्यवस्था हामीले गरिसकेका छौ। १ वटा अक्सिजन कन्सनट्रेटर हामीसँग थियो। अन्य ५ वटा अक्सिजन सिलण्डिर व्यवस्थापन गरेका छौ। खोटाङ सेवा समाज युकेले पनि १ वटा अक्सिजन कन्सनट्रेटर दिएको छ। र, सम्पूर्ण आवश्यक औजारहरु व्यवस्थापन गरेर राखेका छौ। गाउँपालिकामा डाक्टर, नर्सहरु पनि रातादिन काम गरिरहनु भएको छ । नौ वटा स्वास्थ्य चौकीहरुमा पनि आवश्यक औषधीहरु पर्याप्त व्यावस्था गरेका छौ। कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सम्पूर्ण सर्जिकल माक्स, पञ्जाहरु, पिपिई सेटको राम्रो व्यवस्थापन गरेका छौ।

    खोटाङ सेवा समाज युकेले नै दिएको एम्बुलेन्स समिति बनाएर चलाईरहेको थियो। गाउँपालिकाले निर्णय गरेर, उहाँहरुसँग समन्वय गरेर एम्बुलेन्स पनि अहिले कोभिड अस्पतालमै राखेर प्रयोग गरिरहेका छौ। एम्बुलेन्स खाली नभएको अवस्थामा गाउँपालिकाको गाडीलाई पनि प्रयोग गरिरहेका छौ। गाउँपालिकाका लागि खरीद गरिएको गाडीलाई सुरुदेखि नै बिरामीहरुलाई अस्पताल पु¥याउने, तराई लानमा प्रयोग गर्दै आईरहेका छौ।
    नाकाको स्थिति के छ ? बाहिरबाट आएकाको तथ्यांक गाउँपालिकासँग छ ?
    नाकाहरुमा पनि सुरक्षाकर्मीहरुलाई राख्दै गर्दाखेरी को कहाँबाट आईरहेको छ। कुन ठाउँमा बस्नु भएको छ। एन्टीजेन, पिसिआर परीक्षण गरेर आएको छ/छैन भन्ने हिसाबले डाटाहरु राख्ने गरेका छौ।
    अर्को कुरा उहाँहरु आउदै गर्दाखेरी चाँहि कुन ठाउँको, कुन टोलको, कसरी आउनु भएको छ त्यसको वडाको प्रतिनिधिसँग सम्पर्क गराएर ल्याउने गरेका थियौ। अहिले चाँहि बाहिर बसेका मानिसहरु त्यति धेरै आएको छैन। भारतको हैदराबादमा बस्ने ९/१० जना आउनु भयो उहाँहरुलाई सिधै क्वारेन्टाइनमा राख्यौ।
    खोटाङबजार, लिकुवापोखरी, कोभिड अस्पताल ईन्द्रेणीपोखरीमा क्वारेन्टाईन बनाएका छौ। अहिले बाहिरबाट आएको तथ्यांकलाई हेर्दाखरी चाँहि ५० देखि ५५ को हाराहारीमा बाहिरबाट मानिसहरु भित्रिएको देखिन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology