• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मझुवागढीमा चिन्डोको स्तम्भ शिलान्यास

मझुवागढीमा चिन्डोको स्तम्भ शिलान्यास


समायोजन खबर
  • मंगलबार, असार १ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीमा वावु (चिन्डो)को प्रतिमा निर्माण गरिने भएको छ । दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीमा पर्यटन मन्त्रालयको १२ लाख बजेटमा १३ फिट अग्लो वावु (चिन्डो)को स्तम्भ निर्माण गरिने भएको हो ।

    जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले ९ फिटको पिलर सहित २२ फिट अग्लो हुने मझुवागढी वावु (चिन्डो)को स्तम्भ सोमबार शिलान्यास गर्नुभएको छ । नगरपालिकाको व्यापारिक केन्द्रकारुपमा रहेको दिक्तेलबजार नजिकै रहेको मझुवागढीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ किरात राईको सँस्कृति र परम्परासँग सम्वन्धित वावु (चिन्डो) निर्माण गर्न लागिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष किसन राईले बताए ।
    समुन्द्र सतहदेखि करिब २ हजार मिटर उचाइमा पर्ने मझुवागढीमा फाइवरको १२० केजीको वावु (चिन्डो)को प्रतिमा निर्माण गर्न लागिएको हो । वावु अर्थात चिन्डो किरात राई समुदायमा जन्मदेखि मृत्युसम्मको संस्कारमा अनिवार्य उपयोग गरिन्छ । वावु (चिन्डो)को जग र पिलर भने ढुंगा, इटा, गिटी बालुवाबाट निर्माण गरिने छ । वावु (चिन्डो) निर्माणका लागि पर्यटन मन्त्रालयले नगरपालिकामार्फत बजेट उपलव्ध गराएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताए । नगरपालिकाले मझुवागढीलाई पर्यटक आउन लायक बनाएपछि घुमफिर, दृश्यावलोकन तथा दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड हुने गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology