• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मनसुन सक्रिय : १८ लाखभन्दा बढी मानिस प्रभावित हुने

मनसुन सक्रिय : १८ लाखभन्दा बढी मानिस प्रभावित हुने


समायोजन खबर
  • आइतबार, जेष्ठ ३० २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, यो वर्षको मनसुन सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन सक्रिय भएको जनाएको हो । यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविद्ले बताएका छन्।

    विभागले यो वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको छ। जसकारण यो वर्ष मनसुनजन्य विपद बाढी–पहिरोबाट झण्डै १८ लाख बढी मानिस प्रभावित हुन सक्नेछन्।

    गएको वर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो। तर, यो वर्ष औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ। गत वर्ष औसत बराबर जस्तो पानी पर्दा ४०० मानिसको मृत्यु भएको थियो भने ११ सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए।

    विपद व्यवस्थापन प्राधिकरणले यो तथ्यांक विश्लेषण गर्दा यो वर्ष मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको हो। प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार मानिस प्रभावित हुन सक्नेछन्।

    यस्तै, मौसम विभागका प्रवक्ता सुमनकुमार रेग्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मनसुनको आगमनसँगै यस वर्ष बाढी र पहिरोको जोखिम धेरै हुने सम्भावना रहेको उल्लेख गर्नुभएको छ। ठूला तथा मझौला नदीहरूमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदी तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले मनसुनको अवधिभर सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology