समायोजन खबर खोटाङ, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गर्नुभएको थियो । उहाँलाई विपक्षी गठबन्धनको समर्थन थियो ।
यसैबीच कामचलाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दावी पेश गरेपछि अन्योल भएको थियो । अन्ततः प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता दिनुभएको हो। पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology