• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकैदिन ६,२९५ जना कोरोना संक्रमणमुक्त

एकैदिन ६,२९५ जना कोरोना संक्रमणमुक्त


समायोजन खबर
  • शनिबार, जेष्ठ २९ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म पाँच लाख २७ हजार १११ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट निको हुने दर ८६.९ प्रतिशत पुगेको छ।

    पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    आज थपिएकासँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology