• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ सेवा समाज युकेद्धारा जिल्ला अस्पताललाई ११ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

खोटाङ सेवा समाज युकेद्धारा जिल्ला अस्पताललाई ११ लाख बढीको स्वास्थ्य सामग्री सहयोग


समायोजन खबर
  • बुधबार, जेष्ठ २६ २०७८

  • स्वास्थ्य कार्यालय प्रमुख पुन्यप्रसाद सिग्देललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै खोटाङ सेवा समाज युकेका कार्यसमिति सदस्य जानुका राई र विशिष्ट संरक्षक सदस्य तथा संस्थापक रविप्रकाश राई ।

    समायोजन खबर खोटाङ, खोटाङ सेवा समाज युकेले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। खोटाङ घर भई युकेलाई कर्मथलो बनाईरहेकाहरुको साँझा संस्थाले ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड १९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको हो।

    खोटाङ सेवा समाज युकेका अध्यक्ष डाक्टर प्रमोद कोयी राईको नेतृत्वमा आएको स्वास्थ्य सामग्री जिल्ला अस्पतालको प्राङगणमा खोटाङ सेवा समाज युकेका कार्यसमिति सदस्य जानुका राई र विशिष्ट संरक्षक सदस्य तथा संस्थापक रविप्रकाश राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देललाई बुधबार हस्तान्तरण गरेका छन्।

    युकेमा दुई हप्ता बढी ‘अक्सिजन पठाऔं आफन्तको ज्यान बचाऔं’ अभियान चलाएर स्वास्थ्य सामग्री जुटाउन सफल भईएको समाजले जनाएको छ।

    अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा ९० वटा थर्मलगन, ९ वटा कन्सनट्रेटर, १ वटा बिपप, २० वटा अक्सिजन मास्क रिर्जभर, २ वटा ईन्टुबेसन सेट, ५ वटा पल्स अक्सिमिटर, ९० वटा एडल्ट पल्स अक्सिमिटर, ५० वटा सक्सटिक्सन ट्युव, १० वटा गाईडल एयरवे, ५० वटा अक्सिजन क्र्यामेला २२, ५ वटा हाईफ्लो नजल क्यानेला, १ वटा ईलेक्ट्रिक सक्सटिक्सन र ९० वटा कनेक्सन पाईप छ।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रशासन प्रमुख, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, कर्मचारी, समाजसेवीहरु उपस्थित थिए। कोभिडका कारण जिल्लाबासी कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाईएको खोटाङ सेवा समाजका कार्यसमिति सदस्य राईले बताईन्। कोभिड विरुद्ध लड्नका लागि अझै पनि थप सहयोग गरिने उनले आश्वसन दिईन्।

    उक्त स्वास्थ्य सामग्रीहरु आजै दुई नगरपालिका, आठ गाउँपालिकाले पाउनेगरी स्वास्थ्यकर्मीहरुलाई वितरण गरिएको छ। २०७३ सालमा खोटाङ सेवा समाज युकेले जिल्लालाई एकैपटक ७ वटा एम्बुलेन्स सहयोग गरेको थियो। त्यो भन्दा अघि जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउण्ड मेसिन सहयोग गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology