समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ भने नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभरबाट ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology