• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकैदिन ८,२४३ जना कोरोना संक्रमणमुक्त

एकैदिन ८,२४३ जना कोरोना संक्रमणमुक्त


समायोजन खबर
  • शनिबार, जेष्ठ २२ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमित निको हुनेदर ८२ दशमलब ८ प्रतिशत रहेको छ।

    नेपालमा हालसम्म ४ लाख ८४ हजार ३७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभरबाट थप ५ हजार ४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

    पछिल्लो २४ घण्टामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology