• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विपतबाट तुरुन्त उद्दार गर्न प्रत्येक स्थानीय तहमा -यापिड रेन्स्पोन्स टिम

विपतबाट तुरुन्त उद्दार गर्न प्रत्येक स्थानीय तहमा -यापिड रेन्स्पोन्स टिम


समायोजन खबर
  • शनिबार, जेष्ठ २२ २०७८

  • समायोजन खबर खोटाङ, स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ । विपत्तिको बेलामा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

    वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उहाँले ति समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा ¥यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो – ‘प्रत्येक स्थानिय तहमा ¥यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुन सँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढि देखिन्छन् । उपचारात्मक सेवा र प्रर्वद्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति९¥यापिड रेन्पोन्स टीम०, उहाँहरुले त्यहाँबाट रेस्पोन्स गर्नुहुन्छ ।’

    प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘डेंगु लगायतका विमारहरुलाई चाहिने एन्टिजेन किट, परिक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधीको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्या नियमित काम भित्रै हुन्छ ।’

    उहाँले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकार सँग माग गरेको खण्डमा केन्द्रमा पनि (यापिड रेस्पोन्स टिम बनाइसकेको बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology