• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्सिदेखि देशका धेरै ठाउँमा पानी पर्ने

पर्सिदेखि देशका धेरै ठाउँमा पानी पर्ने


समायोजन खबर
  • शनिबार, जेष्ठ २२ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ। पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन्।

    आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश(१ का एकरदुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । भोलि पनि मौसम आंशिकदेखि सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने उहाँले बताउनुभयो ।

    पर्सिदेखि भने प्रि(मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने मौसमविद् बासीको भनाइ छ।

    यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ । नेपालमा जुन १० देखि मनसुन सक्रिय हुने गर्छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology