समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ। जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ।
जसपा ठाकुर पक्षले उठाएको माग बहुसंख्यक सम्बोधन भएको निष्कर्षसहित ठाकुर पक्ष नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो। जसपाबाट महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने तय भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको नेतृत्वमा जसपाबाट आठजना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै शपथ ग्रहण गराउने भएको स्रोतले बतायो ।
जसपाबाट महतो र लक्ष्मणलाल कर्णसँगै नेताहरु शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, एकवाल मियाँ, उमाशंकर अरगरिया र विमल श्रीवास्तव मन्त्री बन्ने सूचीमा रहनु भएको बुझिएको छ दुई राज्यमन्त्रीको पनि टुंगो लागि सकेको बताइएको छ ।
माओवादीबाट एमाले छिरेका मन्त्रीलाई सर्वोच्चले पदमुक्त गरेपछि आठवटा मन्त्रालय खाली छ। जसपाको अर्को यादव पक्ष भने ओली सरकार गिराउने पक्षमा छ । अध्यक्ष उपेन्द्र यादव र ठाकुरले एक अर्कालाई पार्टीबाट निष्काशन गरेर निर्वाचन आयोगलाई जानकारी गराए पनि आयोगले मान्यता दिएको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology