समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८ हजार ५६२ नमूनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५९०४ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म चार लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ।हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ६३० जनाले ज्यान गुमाउन पुगेका छन् । हाल ८३१ जना क्वारेन्टिनमा छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology