• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘ओभर डोज’अमेरिकामा प्रिमियर गरिदै

‘ओभर डोज’अमेरिकामा प्रिमियर गरिदै


समायोजन खबर
  • मंगलबार, जेष्ठ १८ २०७८

  • समायोजन खबर खोटाङ, अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्मलाई यहि जुन ५ मा अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने भएको हो।

    ड्रग्स र अपराधको कथामा निर्माण भएका यस फिल्ममा प्रनिसराज पन्त,सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भुमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

    सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यस फिल्मलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो । निर्देशक पौडेलका अनुसार नेपाली तथा अंग्रेजी भाषामा फिल्म निर्माण भएको हो । सट फिल्म , म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो।

    उनीहरुको पहिलो यो फिचर फिल्म पहिलो हो । यस फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् ।

    दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । उनी पढाईको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology