समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि हुंदा ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ। देशभर एक हजार ९ जना क्वारेन्टाइनमा रहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology