समायोजन खबर खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे तल्लो माबेमा सञ्चालित विधुत दैनिक बिग्रदा सेवाग्राहीहरु हैरान भएका छन्। यो समस्याबाट करीब २ सय घरधुरी सेवाग्राहीहरुले हैरानी खेप्नु परेको हो।
त्यहाँ राखिएको १५ वाटको ट्रान्सफर्मरमा र आउट हुने स्थानमा दैनिक पटक–पटक विजुली बिग्रदा सेवाग्रहीहरुले हैरानी खेप्नु परेको स्थानीय सन्देश राईले जानकारी दिए। १५ वाटको ट्रान्सफर्मरले २ सय घरधुरीमा बत्ती बलेको छ। विधुतीय उपकरणहरु जोडिने क्रम दैनिक बढ्दै गएको छ। बिजुलीको डिमाण्ड बढि भयो, लोड धान्न सकेन त्यसैले छिनछिनमा बत्ती बिग्रन्छ।
बत्ती पटक–पटक बिग्रन्छ। प्राविधिक बोलाएर साध्य भएन। ट्रान्सफर्मरमा गएर जोखिम मोलेर सेवाग्राहीहरु आफैले बनाउनु परेको छ। उनले भने, हावाहुरी चल्दा र सामान्य हल्लिदा पनि बिग्रन्छ। बत्ती आउदै जादै गर्दा विधुट सर्ट भई भौतिक र मानवीय क्षति हुने संम्भावन बढेको छ। यसतर्फ कसले ध्यान दिने सन्देशले प्रश्न गरे ?
सेवाग्रही बढी भएपछि १५ वाटको ठाउँमा २५ वाटको ट्रान्सफर्मर राख्ने भनिए पनि केही नभएको र यस विषयमा जनप्रतिनिधिले समेत पहल नगरेको उनको भनाई छ। लोड धान्न नसकेर ट्रान्सफर्मरमा पटक–पटक फ्युज गईरहने समस्या रहेको लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताए। २५ वाटको ट्रान्सफर्मर ल्याउन पहल भए पनि त्यतिकै भएको र बजेट पनि नभएको अध्यक्ष राईले बताए। यसपाली बजेट छुट्याएर ट्रान्सफर्मर ल्याउन पहल गरिने उनको भनाई छ।
त्यस समस्या समाधानका लागि सिंगल फेजको एक वटा थप तार तान्नुपर्ने र १५ वाटको ट्रान्सफर्मरमा २५ वाटको ट्रान्सफर्मर अपग्रेड गर्नुपर्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताए। प्राविधिकसँग सल्लाह गरेर बजेटको श्रोत खोज्छु, ट्रान्सफर्मर व्यवस्था भयो भने काम गराउँछु । केन्द्र प्रमुख चौधरीले भने, ‘ठ्याक्कै समय चाँहि तोक्न सकिएन ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology