समायोजन खबर खोटाङ, खोटाङमा सखुवाको काठसहित सात जना पक्राउ परेका छन्। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको डुम्रीबोटबाट को २ त ५२१३ नम्बरको ट्याक्टरमा सखुवा जातको ३५.७५ क्युफिट चिरान काठ लिएर खोटाङबजातर्फ जादैै गर्दा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका २३ वर्षीय चालक सुबास श्रेष्ठ, काठ लैजाने सोही ठाउँका २४ वर्षीय धिरज ताम्राकार, ३० वर्षीय सुजन श्रेष्ठ,३३ वर्षीय संजिब श्रेष्ठ र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका २५ वर्षीय गोबिन्द राउतसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमर प्रसाद गजमेरले जानकारी दिए।
मंगलबार अपरान्ह ४ः३० बजे काठ लिएर गईरहेको अबस्थामा प्रहरी चौकी बराहपोखरीबाट खटिएको प्रहरी टोलीले ट्याक्टर, ट्याक्टर भित्र रहेको काठ र ट्याक्टरमा सवार व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो। थप कारवाहीको लागि सातैजना व्यक्ति, ट्याक्टर र काठ जिल्ला बन कार्यालयमा बुझाइएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology