• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘पत्रकार आपतकालीन सहायता कोष’ जुट्न थाल्यो सहयोग

‘पत्रकार आपतकालीन सहायता कोष’ जुट्न थाल्यो सहयोग


समायोजन खबर
  • सोमबार, जेष्ठ १० २०७८

  • पत्रकार महासंघका अध्यक्ष दिलीप खत्रीलाई सहयोग रकम प्रदान गर्दै पत्रकार हरिबोल आचार्य । तस्विर:भिम राई ।

    समायोजन खबर खोटाङ,नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पत्रकारको हितमा आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ। विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ १० लाख बराबरको कोष बनाउने लक्ष्यका साथ आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको हो।

    महासंघको कार्यालयमा आइतबार बसेको बैठकले पत्रकार महासंघको साधारण सदस्य रहेर पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण निजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए।

    पत्रकार आपतकालीन सहायता कोष स्थापनाका लागि सञ्चार उद्यमी, निजी क्षेत्र, सामाजिक व्यक्तित्व, निर्माण व्यवसायी र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने छ। बैठकले कोष स्थापना गर्ने अभियानका लागि महासंघका अध्यक्ष खत्री र सहसचिव चिसाङ शेर्पालाई जिम्मेवारी दिएको छ।

    यसैबीच, पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय भए लगत्तै हलेसी न्युज नेटवर्क प्रालिका अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार हरिबोल आचार्यले नगद पाँच हजार सहयोग गरेका छन्। यस अभियानमा हातेमालो गर्न पत्रकार आचार्यले सबैलाई आग्रह गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology