समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology