समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा ८८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार १५३ जना संक्रमितको मृत्यु भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology