• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देशभर वर्षा, बेलुकादेखि मौसम खुल्दै जाने

देशभर वर्षा, बेलुकादेखि मौसम खुल्दै जाने


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ७ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, देशभरको मौसम बद्ली भएको छ। अहिले गण्डकीबाहेक सबै प्रदेशमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश(१ का केही ठाउँ र लुम्बिनी, गण्डकी र प्रदेश(२ का थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित पानी पर्ने सम्भावना छ।

    सुदूरपश्चिम, वाग्मती, प्रदेश १ र २ का एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। भारतमा आएको चक्रवात ताउ–ते आँधीपछि बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भएको हो। देशका केही ठाउँमा हिजो पनि पानी परेको थियो।

    आज बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए। आजराति प्रदेश १ र २ सहित बाँकी पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सफा हुने अनुमान छ। त्यस्तै हिमाली क्षेत्रमा छिटफुट हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology