• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हजार बढि मतले राष्ट्रिय सभा सदस्यमा विजयी भए देवकोटा

हजार बढि मतले राष्ट्रिय सभा सदस्यमा विजयी भए देवकोटा


समायोजन खबर
  • बिहिबार, जेष्ठ ६ २०७८

  • डा.खिमलाल देवकोटा।

    समायोजन खबर खोटाङ, बागमती प्रदेश राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ।

    अन्तिम परिणाम अनुसार निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा साझा उम्मेदवार डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ।

    देवकोटाले ५०८८ मतभार पाउनु भयो भने एमालेका उम्मदेवार बादलले ४०१४ मतभार पाउनुभयो। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो।

    वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गर्नुभएको थियो। जसमा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत प्राप्त गर्नुभयो।

    त्यसैगरी वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गर्नुभएको थियो । स्थानीय तहमा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत प्राप्त गर्नुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology