• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र


समायोजन खबर
  • बिहिबार, जेष्ठ ६ २०७८

  • समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएकाले तत्काल आम जनतालाई खोप लगाउने व्यवस्था गर्न मागसमेत गर्नु भएको छ।

    देउवाले तेस्रो लहरको संक्रमणबाट सुरक्षित राख्न आम जनतालाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भएको छ। खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गर्नु भएको छ।

    ज्ञापन पत्रमा अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

    नाकाहरूमा पिसिआर साथै निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ। सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार सिंहदरबार पुग्नु भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology