समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार झन सुनसान बन्दै गएको छ। कोरोना भाइरसको संक्रमण दर दिनानु दिन बढिरहंदा दिक्तेलबजार दिनदिनै झन–झन सुनसान बन्दै गएको हो।
कोभिड रोकथाम तथा नियन्त्रणमा दिक्तेलबजारबासीले स्व–अनुशासन देखाएको र उदाहरणीय बजार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए।
डिसिसिएमसिले अत्यावश्यक खाद्यान्न तथा तरकारी पसललाई प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्न समय तोकेको छ। विना पासका सवारी साधन नचलाउन आग्रह गरेपछि बजारमा अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन्।
मानिसको भिडभाड हुन नदिन चोकचोकमा सुरक्षाकर्मी खटिएका छन्। जिल्लाभरी ११८ जना कोरोना संक्रमित पुग्दा तथा एक जनाको निधन हुंदा दिक्तेलबजारमा सन्नाटा छाएको छ। उराठलाग्दो देखिएको छ।
बजारबासीले यहि अनुसार साथ, सहयोग गरेमा निषेधाज्ञाको आवश्यक नपर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एबं प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology