समायोजन खबर खोटाङ,छैटौँ राष्ट्रिय पत्रकारिता दिवस–२०७८’ का अवसरमा सरकारले १६ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ। दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ काठमाडौमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार सम्मान–२०७६’ अग्निशिखा, मरणोपरान्त ९काठमाडौँ० र हर्ष सुब्बा९सुनसरी० लाई प्रदान गरिने घोषणा गर्नुभयो।
त्यसैगरी मन्त्रालयले २०७७ सालको सोही पुरस्कार रघु मैनाली (काठमाडौँ) र शार्दूल भट्टराई (काठमाडौँ) लाई प्रदान गर्ने छ । पुरस्कारको राशि जनही रु दुई लाख हुने छ । ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उजिर मगर, बाग्लुङ), मात्रिका पौडेल (रामेछाप), सङ्गीता खड्का (काठमाडौँ), शेषराज दाहाल (सिन्धुली), हेमकान्तबहादुर बिक (बाँके) र शीतल शाह (धनुषा) लाई प्रदान गरिने भएको छ।
विसं २०७७ को सोही पुरस्कार दिलीप थापा मगर (भक्तपुर), दीपेश न्यौपाने (मोरङ) दुर्गाप्रसाद शर्मा (पर्वत), शुरोजङ्ग पाण्डे (दोलखा), नितु पण्डित (नुवाकोट) र पुनम पौडेल (ललितपुर) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु एक लाख रुपैयाँ रहने छ । सो पुरकार उपयुक्त समयमा प्रदान गरिने छ।
सोही अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकार संवेदनशील र जिम्मेवार भएर लागिपरेको जानकारी दिनुभयो । सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “उपचारका क्रममा कमी देखिएका औषधि, अक्सिजन, सिलिण्डरलगायत सामग्री चीन र भारतबाट ल्याउने तयारी भइरहेको छ, त्यसैगरी आइयियु बेड बढाउनेबारे काम भइरहेको छ।”
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology